शशांक र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर प्रचण्डले भने- यो सरकार लामो जाँदैन (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष ओली नेतृत्वको सरकार लामो समयसम्म नजाने दोहोर्‍याएका छन् ।

चितवनमा कांग्रेस नेता डा. शशांक कोइराला र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले ओली सरकार लामो समयसम्म नटिक्ने दाबी गरे ।

उनले भने, ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । मैले प्रस्ट भन्ने गरेको छु । यो प्राकृतिक, स्वाभाविक र पारदर्शी छैन । सरकारले गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएका छन् । अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ ।’

प्रचण्डपछि बोलेका कांग्रेस नेता कोइरालाले तत्कालै सरकार तलमाथि हुने सम्भावना कमै रहेको बताउँदै राजनीतिमा जे पनि हुनसक्ने बताए ।

कोइरालाले भने, ‘ठूलो दल मिलेर स्थिर सरकार दिनुपर्छ भन्ने चाहना छ । तत्काल तलमाथि हुने सम्भावना कमै छ । नहुने होइन, राजनीतिमा जे पनि हुन्छ, तर हामी स्थिर सरकारको पक्षमा छौं । अहिले संविधान परिवर्तनको कुरा आएको छ, के बुँदामा हो स्पष्ट हुनुपर्छ भन्ने कुरा हो ।’

कोइरालालगत्तै ठट्टा गर्दै प्रचण्ड थप्छन्, ‘उहाँले राजनीति हो, जे पनि हुनसक्छ भनेपछि बुझ्नुभयो होला नि !’

Comments

2 responses to “शशांक र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर प्रचण्डले भने- यो सरकार लामो जाँदैन (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    कति सरकार जान्छ सरकार जान्छ भनेको यसले ? यो त सरकार जान्छ सरकार जान्छ भन्दै खुस्किन्छ कि क्या हो ? आजभोलि ओलि सरकार जानू पर्छ भनेर मरिहत्ते गर्ने केही तत्व देखिन्छन् । भारत, प्रचण्ड, माधव, प्रभू साह र ऋषि धमला ।

  2. Nagendra Avatar
    Nagendra

    के यो देश बनाउने धुनको कुरा हो ??!!
    =========================
    १. सरकार र सत्ता भन्दा पर्तिरको कुनै कुरा मा चिन्ता ध्यान र धुन छैन यी नेता (नेताले त समाजलाई एउटा दिशामा ‘लिड’ गर्ने हो, यो एउटा दिशामा हिडिरहेको देशलाई फेरी केहो केहो कत्ता हो कत्ता के हुने के हुने भन्ने दुबिधामा तान्ने, ठेल्ने र भ्रमित बनाउदै लथालिङ्गता तिर ‘लिड’ गर्न खोज्ने ब्येक्तिलाई के भन्ने) को !!
    २. के सरकार बनाउने ढलाउने, अनि सट्टा पाउन र तिकाउन एता ठिक हुँदा उत्ता लात्ती, उता हुँदा यत्ता लात्ती, त्येही चाकाचुली खेल मात्र हो काम !!
    ३. प्रचण्डको दिमाग खासमा भिडाउने र टाउकामा उफ्रिने मात्र केन्द्रति रहनछ : लामु बिगत हेरे पुग्छ : त्यो उनको खुबी हो र योग्यता, त्यो नै उनको सम्पूर्ण परिवारको फलिफाप सुत्र : देश त्येसको पिडा सहेर रुदै प्रचण्डको ‘सम्भावनाको खेल’ मा भकुण्डो जस्तै ठटाइए युवा हिजो ‘जनयोद्दा’ का नाममा, आज अघि पछिका आशे फिरन्ते : अन्तमा पुग्ने तिनको गन्तब्य ‘खाडी’ !!
    ४. “रास्ट्र निर्माणको लागि बलियो दुरदर्शी सरकार, त्यो प्रभावी सरकार बनाउन रास्ट्रीय सक्ति निर्माण” यो हो आजको आवसेक्ता र बाटो : यस्ता खुरापाती दिमाग र बिदेशी भरिया बुद्दि र पात्र ‘बाइकट’ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *