अनेरास्ववियुको महाधिवेशन सर्ने, नयाँ मिति तय गर्न स्थायी कमिटी बैठक बोलाइयो

काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुको २४ औं महाधिवेशन कम्तिमा एक महिना धकेलिने भएको छ । चैत मसान्तभित्र महाधिवेशन आयोजना गर्ने यसअघिको बैठकको निर्णय अबको स्थायी कमिटी बैठकले परिवर्तन गर्ने सम्भावना छ ।

फागुन १५ गते हुने तय भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ६ गते हुने भएपछि चैतभित्र महाधिवेशन आयोजना गर्न सम्भव नहुने अनेरास्ववियुका अध्यक्ष समिक बडालले नेपाल प्रेसलाई बताए ।

बडालले भने- महाधिवेशन चैतभित्र गर्ने गरी तयारी थालिएको हो । तर त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मिति चैतमा सारेपछि हामीलाई महाधिवेशन सार्न बाध्य बनाउला जस्तो छ । आगामी स्थायी कमिटी बैठकले यसबारे निर्णय गर्छ ।

स्थायी कमिटी बैठक आगामी १५ र १६ गते आयोजना गरिँदैछ । अनेरास्ववियुको महाधिवेशनबाट अध्यक्षका लागि हालका उपाध्यक्षहरू गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती, मर्यादा विष्ट र महासचिव नरेश रोकाय दाबेदारका रूपमा देखिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *