माओवादी पदाधिकारी बैठक बस्दै, नेताहरूको कार्यविभाजनबारे निर्णय लिनसक्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ। बैठकले नेताहरूको कार्यविभानबारे निर्णय लिन सक्ने बताइएको छ।

बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा खुमलटारमा दिउँसो २ बजे बस्नेछ।

बैठकमा नेताहरूको कार्यविभाजनसहित पछिल्ला समसामयिक विषयमा छलफल हुने प्रचण्ड सचिवालयले जनाएको छ।

माघ २ गतेको बैठकमा भएको प्रस्तावबारे आजको बैठकले निर्णय गरेर सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तयारी माओवादीको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *