काठमाडौं । आज शपथ ग्रहण लिन लागेका अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहणको तयारी अन्तिम चरणमा पुगेको छ ।
त्यसै क्रममा उनका परिवारका सदस्यहरु अमेरिकाको राजधानी वासिङटन डीसीमा रहेको चर्चमा कार्यक्रमभन्दा अगाडि आएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।
तापक्रम ज्यादै घटेकोले आजको शपथ ग्रहण भित्री कोठामा हुने भएको छ । यस अगाडि बाहिर हुने गरेको थियो । ट्रम्पको शपथ ग्रहण समारोहमा पहिलोपटक विदेशी सरकारका प्रतिनिधिहरु बोलाइएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।
चीनका उपराष्ट्रपति तथा भारतका विदेशमन्त्री शपथ ग्रहण समारोहमा सहभागी हुने समाचार आएका छन् । ट्रम्पले गत कार्यकालमा बाइडेनसँग पराजित भएर लगातार दुई कार्यकाल राष्ट्रपति चलाउन नपाएता पनि गत नोभेम्बरको चुनावमा बाइडेनको दल डेमोक्रेटिक उमेद्वार कमला ह्यारिसलाई हराएर रिपब्लिकन पार्टीका ट्रम्प विजयी भएका हुन् ।
अझ रोचक कुरा पहिलोपटक राष्ट्रपति हुँदा पनि ट्रम्पले महिला उमेद्वारलाई नै पराजित गरेका थिए । आजै ट्रम्पले तीन निर्णय लिने बीबीसीले बताएको छ ।

Leave a Reply