गोरखामा प्रचण्डको सम्बोधन- राम्रो काम गर्दा मलाई संख्याको बलमा सरकारबाट हटाइयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान थालेपछि संख्याको बलमा आफूलाई सरकारबाट हटाएको बताएका छन् ।

गोरखास्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै उनले आफूले तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासनलाई उच्च प्राथमिकता दिएर काम गरेको बताए ।

उनले भने, ‘तपाईंहरुको विरासत र इतिहास गौरवपूर्ण छ । तपाईंहरुको जनप्रतिनिधिको हैसियतले गोरखामा मात्रै होइन, सिंगो राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि गर्नसक्ने जति राम्रा काम गरेको हो । मैले यही राम्रो काम गर्ने जमर्को गर्नु बिचौलिया र दलालहरुलाई सह्य भएन र उनीहरुले संख्याको बलमा मैले राम्रो काम गर्दा गर्दा सरकारबाट बाहिरिन बाध्य पार्ने काम भयो ।’

देशमा सुशासन, सामाजिक न्याय र अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बढाउने काम गर्दागर्दा गोरखा धेरै आउन नसकेको प्रचण्डले बताए । उनले आफूले सरकारको नेतृत्व गर्दाको १८ महिना गोरखावासीकै अभिमतको बलमा गरेको बताए ।

उनले शिक्षकहरूले उठाएका महत्त्वपूर्ण एजेन्डा समेटेर विद्यालय शिक्षा विधेयक पारित गर्ने पनि बताए ।

Comments

3 responses to “गोरखामा प्रचण्डको सम्बोधन- राम्रो काम गर्दा मलाई संख्याको बलमा सरकारबाट हटाइयो”

  1. ksp pyl Avatar
    ksp pyl

    तिमीलाई नहटाएको भए देश कोल्याप्स हुने अवस्थामा थियो । अर्थतन्त्र टाट पल्टिन लागेको थियो । देशमा दुर्गा प्रसाईजस्ताको गुण्डागर्दी तिम्रै संरक्षणमा खुलेआम भैरहेको थियो । चिनियाँ ठेकेदारहरूलाई भगाउन तिमीले बखेडा झिक्न लगाएका थियौ, भारतको निर्देशनमा । नेपाललाई भारतको प्रान्तजस्तो बनाउन लागेका थियौ । मोदीको टाङ्ग मुनि छिर्न मात्र बाँकी थियो । अहिले देश विश्वमा सुनिने भएको छ । अर्थतन्त्रमा सुधार हुँदैछ । विकासका कामले गति लिदैछ । बुटवल नारायणगढ सडक रफ्तारमा निर्माण हुन थालिसक्यो । अरू सडक पनि बन्दैछन् । सबैतिर काम हुदैछ । बैंकको ऋण नतिर भन्ने लुटेराहरू जेलमा कोचिदैछन् । यति हो कि तिमीले लुटन र लुटेको पैसाले तिम्रा भरौटे पाल्न चाहिँ पाएका छैनौ । युद्वकालमा गाउँका जनताको सबै लुट्यौ । लुटेको पैसा विदेश लग्यौ । अहिले राज्य लुटिरहेका छौ ।

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    तिम्रो संख्या नै पुग्दैन, जनताले प्रतिपक्षमा बस भन्ने म्यान्डेट दिएको बूझ ए घामड !!

  3. Raj Avatar
    Raj

    ३२ सिटेलाई प्रधानमन्त्री पद दिनुपर्ने? पार्टीमा चुनावनै नगरी बाचुन्जेल अध्यक्ष खाउ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *