शेयर बजारमा सामान्य अंकको वृद्धि, ६ अर्ब ५७ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ६.७८ अंकले बढेर २ हजार ६ सय ७ दशमलब ९९ विन्दुमा बन्द भएको हो ।

नेप्सेका अनुसार आज ६ अर्ब ५७ करोड ४ लाख रूपैयाँको कारोबार भएको छ । आजको कारोबारमा ११८ कम्पनीको शेयर मूल्य बढ्दा ११७ को घटेको छ भने ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आजको कारोबारमा एक कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.०५ प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ३२५ रुपैयाँ पुगेको छ ।

वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपरमादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । आज रिभर फल्स पावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज २४ करोड १ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *