मकवानपुरबाट २१२ किलो गाँजा बरामद

हेटौँडा । मकवानपुर प्रहरीले ठुलो परिणामको गाँजा सहित एउटा पिकअप गाडी बरामद गरेको छ । प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर-५ चैनपुरमा प्रहरीले ठुलो परिणामको गाँजा बरामद गरेको हो ।

कैलाश तर्फबाट मनहरि तर्फ आउँदै गरेको बा १० च ७७५८ नम्बरको बोलेरो पिक गाडी प्रहरीलाई देख्नासाथ गाडी चालक तथा अर्का १ जना व्यक्ति सडकमा गाडी छोडी भागी फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले तत्कालै स्थानीय मानिसहरूको रोहवरमा खानतलासी गर्दा उक्त गाडीको पछाडि ढालाको भागमा लुकाई छिपाई गरी ल्याइएको अवस्थामा गाँजा २१२ किलो फेला परेको हुँदा उक्त गाँजा र गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *