विपद् प्राधिकरणका सहसचिव भुसाललाई कार्यकारी प्रमुखको जिम्मेवारी

काठमाडौं । गृह मन्त्रालय अन्तर्गत रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारीको जिम्मेवारी सहसचिव डा. भिष्मराज भुसाललाई दिइएको छ ।

प्राधिकरणमा कार्यरत वरिष्ठतम सहसचिव भुसाललाई गृह मन्त्रालयले गृहमन्त्रीस्तरीय निर्णयबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (दोस्रो संशोधन) नियमावली, २०८१ को व्यवस्था अनुसार कार्यकारी प्रमुखको जिम्मेवारी दिएको हो ।

भुसाललाई दिइएको पत्रमा भनिएको छ, ‘तपाईलाई मन्त्रीस्तरीय माघ ४ गतेको निर्णय अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ५ ग बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखको रुपमा कामकाज गर्ने गरी जिम्मेवारी दिइएको व्यवहोरा अनुरोध छ ।’

नियमावलीको दफा ५ ग मा कार्यकारी प्रमुखको कार्यकाल समाप्त भएमा वा कुनै कारणले उक्त पद रिक्त भएमा कार्यकारी प्रमुखको नियुक्ति नभएसम्मका लागि मन्त्रालयले प्राधिकरणमा कार्यरत बरिष्ठतम सहसचिवलाई कार्यकारी प्रमुखको रुपमा काम गर्नेगरी जिम्मेवारी दिन सक्ने व्यवस्था छ । प्राधिकरणमा अहिले कार्यकारी प्रमुखको छनौट प्रक्रिया चलिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *