काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उद्देश्यसहित “उडान मेला” योजना सार्वजनिक गरेको छ । माघ २ गतेबाट सुरू भएको यस अफरमार्फत आईएमई पेका सेवाग्राहीले आन्तरिक हवाई टिकटमा ३ सय रूपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
योजनामा नियमित ग्राहकहरूले “SAVE100” प्रोमोकोड राखेर १ सय रूपैयाँ क्यास ब्याक र पहिलो पटक आईएमई पेबाट टिकट खरिद गर्नेले “FIRSTFLY” प्रोमोकोड राखेर ३ सय क्यासब्याकको लाभ उठाउन सक्ने बताइएको छ । हवाई टिकट खरिद गर्ने बेला आईएमई पे एपमा “Have Promocode?” सोधिएको ठाउँमा यी प्रोमोकोडहरू राख्नुपर्ने छ ।
‘आगामी विवाहको सिजन र धेरै सार्वजनिक बिदाहरूलाई लक्षित गर्दै उडान मेलाले प्रयोगकर्ताहरूलाई थप किफायती र सहजरूपमा यात्रा गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ’, आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।
आईएमई पे को बारेमा
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।
नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली- २०७२ बमोजिम ‘आईएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । आईएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरूको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ । आईएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

Leave a Reply