काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा गिरावट भएको छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा संस्थाले ६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ६७ लाख रुपैयाँ रहेको छ ।
संस्थाको खराब कर्जा भने साढे दुई प्रतिशत नाघेको छ । यस अवधिमा संस्थाको खराब कर्जा २.७१ प्रतिशत पुगेको छ ।
दोस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी पनि घटेको छ ।
लघुवित्तको खुद ब्याज आम्दानी ८.११ प्रतिशत घटेको छ । यसका साथै कुल सञ्चालन आम्दानी १२.२७ प्रतिशत घट्दा खुद फी तथा कमिसन आम्दानी ७४.९१ प्रतिशत घटेको छ ।
पुस मसान्तसम्ममा संस्थाको चुक्ता पूँजी ९४ करोड ४३ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ३० करोड ४९ लाख रुपैयाँ सञ्चित छ छ भने ६ अर्ब ५० करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

Leave a Reply