हेटौँडा । इंग्लिस प्रिमियर लिग (इपिएल)को शनिवार राति भएको रोमाञ्चक खेलमा लिग लिडर लिभरपुलले ब्रेनफोर्डलाई पराजित गरेको छ ।
९० मिनेटसम्म बराबरीमा रोकिएको खेलमा लिभरपुलले इन्जुरी समयमा दुई गोल गर्दै रोमाञ्चक जित दर्ता गर्न सफल बन्यो ।
सब्सिच्युटको रूपमा आएका उरुग्वियन स्टार डर्विन नुनेजले ९१ औँ मिनेटमा गोल गर्दै टिमलाई १-० गोलको अग्रता दिलाएपछि लिभरपुल खेमामा खुसीयाली छाएको थियो ।
६२ प्रतिशत बल आफ्नो पक्षमा रहे पनि लिभरपुलले गोल गर्नको लागि ९१ औँ मिनेटसम्म कुर्नुपरेको थियो । नुनेजले पुनः ९३ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई रोमाञ्चक जित दिलाए ।
जितपछि २१ खेलबाट ५० अंक सहित तालिकाको पहिलो स्थानमा कायम छ । पराजित भएको ब्रेनफोर्डको २२ खेलबाट २८ अङ्क भएको छ र उ तालिकाको ११ औँ स्थानमा छ ।
शनिवार रातिनै भएको खेलमा क्रीष्टल प्यालेसले वेस्टह्याम्पलाई २-० ले पराजित गरेको छ ।

Leave a Reply