आफ्नै साथीलाई गोली हानी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

दाङ । गोली हानेर साथीको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दंगीशरण- २ कौवाघारीमा प्रेम कुसारीको गोली हानी हत्या गरेको अभियोगमा दंगीशरण- २ कै छविलाल डांगी र पुष्प बस्नेत पक्राउ परेका हुन् ।

छविलाललाई बाँकेको कोहलपुर र पुष्पलाई तुलसीपुर बजारबाट पक्राउ गरिएको हो । माघ ३ गते छविलाल र पुष्पले प्रेमलाई गोली हानेर हत्या गरेका थिए । उनीहरूले गोली हानेर पनि जिंगटको रूखबाट खसेर घाइते भएको बताएका थिए ।

प्रेमको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो ।

याे पनि पढ्नुस् : जंगलमा लगेर गोली हानी साथीको हत्या, रूखबाट लडेर मृत्यु भएकाे भन्दै दाहसंस्कार गर्ने तयारी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *