विपक्षी मोर्चाबारे सूर्य थापाको टिप्पणी- राजा फर्काउनेदेखि सहकारी ठगी गर्न पाउनैपर्ने साझा एजेण्डा छन्

काठमाडौं । नेकपा एमालेका सांसद सुर्य थापाले विपक्षी दलको मोर्चाबन्दीलाई राजतन्त्रको पुर्नस्थापनादेखि सहकारी ठगी गर्न पाउनैपर्नेसम्म एकैठाउँमा भएको टिप्पणी गरेका छन्।

माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एस, आजपा, जनमोर्चा र नेसपाले सरकारविरुद्ध मोर्चाबन्दी गरेपछि सांसद थापाले यस्तो टिप्पणी गरेका हुन्।

उनले भनेका छन्, ‘२७५ सदस्यीय प्रतिनिधिसभामा, ८१ सदस्यीय मोर्चाबन्दी। राजतन्त्रको पुनस्थापना, प्रतिगमनको सेवा, सहकारी ठगी गर्न पाउनैपर्ने, भ्रष्टाचारको ढाकछोप, सत्ताको स्वाद मिलेर सझिनुपर्ने आदि साझा एजेण्डा (बिना चिल्लाको च्वाईच्वाईं)’

उनले उहिले प्रतिगमनको खतरा भयो, अहिले प्रतिगमन अँगालोमा आएको टिप्पणी गरेका छन्।

Comments

One response to “विपक्षी मोर्चाबारे सूर्य थापाको टिप्पणी- राजा फर्काउनेदेखि सहकारी ठगी गर्न पाउनैपर्ने साझा एजेण्डा छन्”

  1. ksp pyl Avatar
    ksp pyl

    सबैभन्दा ठूलो प्रतिगमनको मतियार नै प्रचण्ड हो । अझ विदेशीको एजेण्ट । त्यस्ताले प्रतिगमन हुन लाग्यो भनेर पत्याउँछ कसैले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *