काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचन कार्यतालिका परिवर्तन भएको छ। माघ १२ गते हुन लागेको निर्वाचनको मनोनयनको समय परिवर्तन भएको हो।
प्रमुख निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानले एक सूचना जारी गर्दै केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यहरुको मनोनयन माघ ५ गते हुने भनी सूचना जारी गरिएकोमा प्राविधिक कारणले गर्दा मनोनयको मिति परिवर्तन गरी ८ गते कायम गरिएको जानकारी दिएका छन्।
यसअघि उमेर हद विवादले रोकिएका नेतृत्व चयन प्रक्रिया रोकिएको थियो। उमेर हद विवाद मतदान प्रक्रियाबाट छिनोफानो गरेर ३२ वर्षे उमेर हद लगाएको छ। उमेर हद लागू भएपछि यसअघिका आकांक्षी अधिकांश नेतृत्वको दौडबाट बाहिरिएका छन्।


Leave a Reply