मेलम्ची एमालेमा तामाङ निर्विरोध निर्वाचित (सूचीसहित)

सिन्धुपाल्चोक । नेकपा एमाले मेलम्ची नगरपालिकाको दोश्रो अधिवेशनबाट उपेन्द्र तामाङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

आज विहान सम्पन्न भएको अधिवेशनले उपाध्यक्षमा पासाङ तामाङ , सचिवमा शालिकराम अधिकारी, उपसचिवमा देवोत्तम दुलाल र प्रतिमा धिताल चयन भएका छन् ।

सचिव शालिकराम अधिकारीका अनुसार पदाधिकारी ५ र ४८ सदस्य गरेर कूल ५३ सदस्यीय कमिटी चयन गरेको हो । सो अधिवेशनको उदघाटन एमाले केन्द्रिय सचिव पद्मा अर्यालले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *