गृहमन्त्रीलाई सांसदको प्रश्न- परिचयपत्रको फाराम भरेको २ वर्षसम्म किन पाइएन ?

काठमाडौं । सांसदले आफूले राष्ट्रिय परिचय पत्र प्राप्तिका लागि आवेदन भरेको २ वर्षमा किन नपाइएको हो भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा नेपाली काँग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले बैठकमा सहभागि गृहमन्त्री रमेश लेखकसँग यस्तो प्रश्न गरेकी हुन् ।

समितिकी सदस्य समेत रहेकी काँग्रेस सांसद न्यौपानेली प्रश्न गर्दै भनिन्, ‘मैले राष्ट्रिय परिचयपत्रका लागि कैलालीबाट आवेदन दिएको २ वर्ष कार्ड पाइएको छैन । त्यतिखेर बुझदाँखेरी जिल्लाबाट भर्दा सहज हुन्छ र चाडैँ पाइन्छ भनेर भरियो, तर अहिलेसम्म किन पाउन नसकिएको हो ?’

आफुले बैंकमा खाता खोल्न जादाँ राष्ट्रिय परिचयपत्र चाहियो भनेको तर, आफुले २ वर्षसम्म नपाएका कारण समस्या भोगिरहेको बैठकमा सहभागि गृहसचिव गोकर्णमणी दुवाडी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेललाई तत्काल उपलब्ध गराईदिन आग्रह गरिन् ।

उनले भनिन्, ‘म जत्तिको एउटा सांसदले पनि अफ्टयारो परेको महशुस गरे । बैंकमा जादाँ पनि अब त चाहियो है माननीय ज्यू भन्नुभएको छ । नयाँ बनाउदाँ ३ वर्ष लाग्छ भने हरायो भने के कति समय लाग्छ ? नागरिकता त आज हराएमा भोलि बनाउन पाइन्छ । परिचयपत्र हराउँदा के हुन्छ ?’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *