काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।
बुधबारको तुलनामा बिहीबार तोलामा १२ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।
सुन चाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख ५६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाला सुनको मूल्य १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply