काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।
साधारण सभाले बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँ ४ प्रतिशतका दरले हुने ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने प्रसवत पारित गरेको छ ।
“एसबिएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार शेयर” सम्बन्धित नियमनकारी निकायको स्विकृती पश्चात् जारी गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गरेको छ ।
सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखेर बिरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट अंकित केडिया (प्रतिनिधि–लेभरेज होल्डिब्ग्स प्रालि) र भोजन अर्याल (प्रतिनिधि–रिनुवल इन्भेष्टमेन्ट प्रालि) निर्विरोध निर्वाचित भएका छन् ।
बैंकको वार्षिक साधारणसभामा भएको निर्वाचनबाट सञ्चालक समितिको बैठकले श्री राहुल अग्रवाललाई बैंक सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

Leave a Reply