प्रचण्डको जिकिर- राष्ट्रपतिलाई धर्मसंकटमा पारेर ओलीलाई प्रधानमन्त्री बनाइयो (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र एमालेबीच भएको सहमतिपछि एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न नदिने रणनीतिका साथ आफूले प्रतिनिधिसभामा विश्वासको मत लिएको बताएका छन् ।

सिन्धुपाल्चोकको सुकुटेमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिलेको सरकार असंवैधानिक ढंगले बनेको दाबी गरे ।

उनले भने, ‘मैले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ को ३ अनुसार बन्नुपर्ने थियो । तर, उहाँहरूले संविधान मिच्नुभयो । राष्ट्रपतिजी चाहिँ ३ अनुसारको सरकार बनाउन तयार पनि हुनुहुन्थ्यो । कांग्रेसको प्रधानमन्त्री हुनुपर्थ्‍यो । तर, राष्ट्रपतिमाथि यस्तो दबाब दिइयो कि उहाँलाई धर्मसंकटमा पारियो भन्ने मेरो बुझाइ छ । उहाँले थाहा पाएर पनि संविधानअनुसार ३ कै सरकार बन्नुपर्ने हो । त्यसो गर्दा देउवाको नेतृत्वमा सरकार बन्थ्यो ।’

उनले सरकारको गन्तव्य राम्रो उद्देश्यले नबनेको भन्ने जनताले बुझिसकेको बताए । उनले आफ्नो पार्टी अहिले सरकार गिराउने खेलमा नरहेको बताए ।

Comments

One response to “प्रचण्डको जिकिर- राष्ट्रपतिलाई धर्मसंकटमा पारेर ओलीलाई प्रधानमन्त्री बनाइयो (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    दिल्लीका टट्टुहरूलाई ओलि सरकारमा गएको, ओलिले दीर्घकालीन महत्वका काम गरेको, चीनतर्फ पनि पहुँच बढाएको, भारतको दादागिरी विरूद्व बोलेको कहाँ मन परेको छ र ? त्यहि पोखिएको हो अहिले सुकुटेमा पनि । यस्ता पनि नेता ? यस्तालाई नेता भन्नेहरू नबुझन्जेल त हो ठिकै छ । बुझे पछि पनि नेता भन्ने चाहिँ पक्का भरौटे हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *