शिवम् सिमेन्टको ९ प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक साधारण सभाले ९ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।

आफ्ना शेयरधनीहरूलाई चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाखको ८ .५५ प्रतिशतका दरले हुने ४२ करोड ९८ लाख ८ हजार ५ सय बराबरका १०० दरका ४२,९८,०८५ थान वोनश शेयर र उक्त बोनस शेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.४५ प्रतिशतका दरले हुने २ करोड २६ लाख २१ हजार ५ सय रूपैयाँ नगद लाभांशसहित कुल जम्मा ९ प्रतिशतका दरले लाभांश वितरणको प्रस्ताव पारित गरिएको हो ।

शिवम् सिमेन्ट्स लि. का सञ्चालक अध्यक्ष गौरव गोयलअध्यक्षतामा राष्ट्रियसभा गृहमा भएको सभाले कम्पनी सञ्चालक समितिको निर्णयको प्रस्ताव बमोजिम वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका विवरण पारित गर्ने, आगामी आ. व. २०८१।०८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने समेतका प्रस्ताव पनि पारित गरेको छ ।

बोनस शेयर वितरण गरेपश्चात कम्पनीको चुक्ता र जारी पुँजीसमेत वृद्धि भई कम्पनीको जारी तथा चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सय रूपैयाँ कायम गर्ने समेतका विशेष प्रस्ताव पारित गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *