राष्ट्रपति पाैडेलद्वारा चार अध्यादेश जारी, एउटा रोकियो

काठमाडौं । सरकारले जारी गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गरेका ४ वटा अध्यादेश जारी भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेका ५ वटा अध्यादेशमध्ये चार वटा अध्यादेश जारी भए पनि एउटा अध्यादेश भने जारी भएन ।

राष्ट्रपति कार्यालयका अनुसार सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्योदश २०८१? आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्तव (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केहि नेपाल ऐनलार्य सैशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको छ ।

तर भूमि सम्बन्धी केहि नेपाल ऐनलाई सैशोधन गर्न बनेको अध्यादेश भने जारी भएन । राष्ट्रपति कार्यालयका प्रवक्ता समेत रहेका सहसचिव शैलजा रेग्मीले उक्त अध्यादेश अध्ययनको क्रममा रहेकाले अहिले जारी नभएको नेपाल प्रेसलाई जानकारी दिइन् ।

Comments

One response to “राष्ट्रपति पाैडेलद्वारा चार अध्यादेश जारी, एउटा रोकियो”

  1. ksp pyl Avatar
    ksp pyl

    राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार नै छैन । अध्यादेश राम्रो भए पनि नराम्रो भए पनि जसअपजसको भागी सरकार हुन्छ । राष्र्टपतिले रोक्नै मिल्दैन । संविधान उलंघन नगर राष्ट्रपति महोदय । विद्याले एक घण्टा रोक्दा रूँदै हिडने दलालहरू अहिले कुन दुलामा छन् ? अध्ययनका नाममा धेरै दिन रोकेमा राम्रो हुँदैन । संविधानको ठाडो उलंघन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *