रविलाई आज पनि हिरासतमै पठाउने आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पनि हिरासतमै रहने भएका छन् । आज थुनछेक बहस नसकिएपछि न्यायाधीशले उनलाई प्रहरीसँगै पठाउने आदेश गरे ।

लामिछानेले आफूलाई थुनामा नपठाउन अपिल गरेका थिए । थुनछेक बहसका क्रममा बोल्दै उनले आफैं अदालतमा आउने प्रतिबद्धता जनाएका थिए, तर न्यायाधीश माधवप्रसाद अधिकारीले प्रहरीकै जिम्मा लगाउन आदेश दिएका हुन् ।

रवि अब आज र भोलि हिरासतमै रहनेछन् । भोलि सरकारी बिदा रहेका कारण अदालत नखुल्ने भएकाले पर्सिमात्रै थुनछेकको बाँकी बहस हुनेछ ।

सरकारी वकिलहरुले बहस गर्दै रविलाई थुनामै पठाउन माग गरेका थिए । उनीहरुले रवि गोर्खा मिडियाको सेयर होल्डर भएकाले सहकारीबाट ल्याइएको पैसामा उनी पनि जिम्मेवार रहेको जिकिर गरेका छन् ।

Comments

One response to “रविलाई आज पनि हिरासतमै पठाउने आदेश”

  1. RA Avatar
    RA

    Thukka Nepal ko Nayalaya

    Auta adalat ko reference arko adalat le follow na garni kasto system ho yesto?

Leave a Reply

Your email address will not be published. Required fields are marked *