भार मापनमा सरकारी लापरवाहीले दुम्कीबासको पुल भाँचिएको ट्रक व्यवसायीको दाबी

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सम्बन्धित निकायले भार मापनमा लापरवाही गर्दा बुटवल-नारायणगढ खण्डको दुम्कीबासमा पुल भाँचिएको आरोप लगाएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अत्याधिक भारवाहन गरि भारतीय ट्रक सञ्चालन हुँदा दुम्कीबासमा रहेको बिनय खोलाको पुल भाचिएको भन्दै भार मापनमा लापरवाही गर्ने निकायलाई कारबाही गर्न समेत माग गरेको छ ।

भारवहन नियमन सम्वन्धि कार्यविधि २०७१ (संशोधन २०७४) लागू गरेको अवस्थामा तौलपुलले जारी गरेको प्रमाणित कागजात लिएर हिड्नुपर्ने व्यवस्थालाई भारतीय ट्रकले उलंघन गरेको महासंघको भनाइ छ । महासंघले भारतीय मालबहाक सवारी साधनको निर्वाध आवागमनमा रोक लगाई ७२ घण्टे प्रवेश पास खारेज गर्न माग गरेको छ ।

त्यस्तै, मालवाहक सवारी साधन भारवहन नियमन सम्बन्धी कार्यविधि २०७४ लाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने महासंघका महासचिव राजेन्द्र विक्रम बानियाले बताए ।

त्यस्तै नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनलाई भन्सार बिन्दुमा नै नेपालको कानूनले तोकेको भारवहन भन्दा बढी माल बस्तुको जाँच पास गर्ने अधिकारीलाई जिम्मेवार बनाइनुपपर्ने महासंघले जनाएको छ । त्यस्तै नेपालका जिर्ण पूल र जोखिमयुक्त सडकहरुमा स्पष्ट देखिने गरि सडकको क्षमता र चिन्ह राख्निुपर्ने सुझाव दिएको छ ।

यही पुस २६ गते भारतीय नम्बर प्लेटको ट्रक पास हुने क्रममा विनय खोलाको पुल भाँचिएको थियो । पुल भाँचिएपछि अस्थायी बाटो बनाएर आवतजावत गराइएको छ ।

Comments

One response to “भार मापनमा सरकारी लापरवाहीले दुम्कीबासको पुल भाँचिएको ट्रक व्यवसायीको दाबी”

  1. ksp pyl Avatar
    ksp pyl

    भार मापनको जिम्मेवारी पाएकोले मापन नगरेकाले वा बढी भार मापन हुँदा हुँदै पनि स्वीकृति दिएकाले पूल भाचिएकाले सम्बन्धित गाडी धनी, स्वीकृति दिने र बीचमा चेक जाँच नगर्नेलाई गिरफ्तार गरेर पुल निर्माण खर्च असुल गर । पैसा खाएर बढी भारकोलाई स्वीकृति दिने बेईमानको जागिर खाईदेउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *