सत्ता स्वार्थको लागि गरिने मधेशी एकताले ठोस परिणाम दिन सक्दैन: पिछडा वर्ग महासंघ

जनकपुरधाम । मधेशी दलहरुले एकता र सहकार्यको गृहकार्यमा जुटेको बेला राष्ट्रिय पिछडा वर्ग महासंघले सबै पक्षलाई समेट्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ‌।

महासंघका राष्ट्रिय अध्यक्ष कौशलकुमार सिंहले आज विज्ञप्ति जारी गर्दै मधेशमा रहेका विभिन्न समुदायबीच एकता नगरेसम्म मधेशी एकता सम्भव नहुने तर्क गरेका हुन् । उनले मधेशका सबै पक्षलाई नसमेटी राजनीतिक लाभको आधारमा मात्र मधेशी दलहरुको एकताको प्रयास थालेको टिप्पणी गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘मधेशमा रहेका पिछडा वर्ग दलित, आदिवासी जनजाति, मुस्लिम र थारुबीच मधेशको अधिकारबारे मिहिन रुपमा विश्लेषण नगरी मधेशी दलहरुले सत्ता स्वार्थको लागि मात्र गरिने मधेशी एकताले ठोस परिणाम दिन सक्दैन ।’

मधेशको अधिकारमा सबैको अपनत्व हुनेगरी कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने, अबको संवाद र सहकार्य सबैसँग हुनुपर्ने तथा सबैको सहभागितामा हुनुपर्ने उनको सुझाव छ ।

सबैको पहिचान र सहभागितालाई स्वीकार गरी एकताबद्ध रुपमा अगाडि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *