निजामती सेवामा खसआर्यको प्रतिनिधित्वमाथि जनजाति आयोगका अध्यक्षको आपत्ति

काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले खस-आर्य समुदायको जनसंख्या एक तिहाइ भए पनि निजामती सेवामा दुई तिहाइ प्रतिनिधित्व भएकोमा प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा संवैधानिक आयोगका पदाधिकारीसँगको छलफलमा उनले भने, ‘खस-आर्य समुदायको जनसंख्या एक तिहाइ छ, तर उसैको निजामती सेवामा ६१ प्रतिशत अर्थात दुई तिहाइ वर्चस्व छ । यस्तो पनि हुन्छ ? राज्य व्यवस्था समिति भनेको राज्य संरचना कस्तो बनाउने भन्ने सुझाव र निर्देशन दिने समिति होइन र ?’

अध्यक्ष थापामगरले आदिवासी जनजातिको जनसंख्या ३५ प्रतिशत रहेको भन्दै अहिलेकै आरक्षणको व्यवस्थाअनुसार निजामती सेवामा जनजातिको ३५ प्रतिशत पुग्न १६६ वर्ष लाग्ने एक अध्ययनले देखाएको जानकारी गराए ।

उनको प्रश्न थियो, ‘यसरी ढिलो र कछुवाको गतिमा आरक्षणको व्यवस्था गयो भने के हुन्छ ? पूर्ण समावेशी समानुपातिक कहिलेसम्म बनाउने ?

Comments

4 responses to “निजामती सेवामा खसआर्यको प्रतिनिधित्वमाथि जनजाति आयोगका अध्यक्षको आपत्ति”

  1. Laleek Avatar
    Laleek

    हार्दिक बधाई तथा शुभकामना छ, अध्यक्षज्यूको सम्बाेधनका लागि ।

  2. ksp pyl Avatar
    ksp pyl

    विश्व क्षमता प्रदर्शन मार्फत प्रतिस्पर्धी बन्दै गएको छ । हाम्रोमा चाहिँ असक्षमलाई जसरी पनि पद चाहिएको छ । मान्छे किन अमेरिका जान चाहान्छ भन्दा त्याहा क्षमताको कदर हुन्छ । जात, लिङ्ग, धर्म, क्षेत्रको होईन । नेपालमा बसेर छोराछोरी अमेरिका पठाउने, उतैको प्रशंसा गर्ने अनि यहाँ चाहिँ जातको आधारमा सिट चाहियो भनेर भाँडभैलो गर्ने । उसो भए व्यापार पनि भाग लगाओैं । दालको व्यापार एउटा जातलाई, चामल एउटालाई, कम्प्युटर अर्कोलाई गर्दै । होईन भने बाहुन क्षेत्री जहाँ सक्षम छन् त्यहि मात्र किन गिद्दे आँखा ?

  3. Nick Kashyap Avatar
    Nick Kashyap

    नेपाली सेना, ब्रिटीस भर्ती र भारतिय सेना भर्तीमा पनि बाहुन-क्षत्रीलाइ आरक्षण चाहीयो। धेरै तलब आउने ब्रिटीस आर्मी र भारतिय सेना मा नेपालका जनजातीको को छुट्टै पल्टन राख्ने बिभेदकारी न्यमको नेपाल सरकारले औपचारीक रूपमा सच्याउन आग्रह गरोस्। त्यस्तै एउटै ब्यक्तिले पटकपटक आरक्षण लिने ब्यवस्था अन्यायपूर्ण छ, त्यो पन् खारेज गर।

  4. जनक राज शर्मा Avatar
    जनक राज शर्मा

    आफ्नो खुवि प्रस्तुत गर्न नसक्ने अर्काको डाहागर्ने नश्लबादी चिन्तन जातियता हैन खुलामा लडन नामर्द कुकुर हैसियत छ आरक्षणको विल्ला भिरेर कति दिन बाच्छौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *