काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा पनि राजनीतिक स्थिरता हुन नसकेको टिप्पणी गरेका छन् । कांग्रेस कपिलवस्तुले आयोजना गरेको भेटघाट तथा अन्तक्रिर्या कार्यक्रमलाई सम्बोधन गर्दै अहिले राजनीति तरल बन्दै गइरहेको बताए ।
उनले भने, ‘संविधान संशोधनको कुरा थियो। केही दिनअघि प्रधानमन्त्रीको अभिव्यक्ति आएको छ । अहिले उहाँको पार्टी र सरकारले सच्याउँन खोजेको छ । सरकारको प्रवक्ताले पनि त्यो आशयले बोल्नुभएको होइन भन्नुभएको छ । तर, सात बुँदे सहमतिको महत्वपूर्ण बुँदा ०८७ तिर संविधान संशोधन भन्ने कुराले अहिले पिल्लर हल्लिएको छ । त्यो पिल्लर हल्लियो भनेपछि दुई दलको सहमतिको पनि हल्लिएको छ । गठबन्धनको पिलर पनि हल्लिएको छ ।
उनले सरकार र गठबन्धनको नेताको हैसियतले एमालेका अध्यक्ष केपी ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुन जरुरी रहेको बताए ।

Leave a Reply