राजावादीसँग साँठगाँठ गरेको आरोपबारे भीम रावल- मैले अपनाएको दृष्टिकोण त्यागेको छैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलले एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीसँग साँठगाँठ गरेको आरोप लगाएका छन् ।

राप्रपा नेपालले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू राजावादी नभएको बताए ।

उनले राजावादीसँग मिलेको आरोपमा भने, ‘यो बामालेहरुले गरेको गलत व्याख्या हो । मैले के भन्या थिए भने उहाँहरूले तपाईँ कम्युनिस्ट हो कि होइन भन्दा नेकपा एमालेको नेताको हैसियतले, कम्युनिष्ट पार्टीको नेताको हैसियतले म छैन भनेको हुँ । सँगै मैले जुन माक्र्सवादी विश्व दृष्टिकोण अपनाएँ त्यो मैले त्यागेको छैन भनेको हुँ ।’

उनले ओली पनि राप्रपा नेपालको कार्यक्रममा आएको भन्दै ओली राजावादी कि म ? भन्दै प्रतिप्रश्न गरे ।

उनले भने, ‘आफू राजावादीसँग साँठगाँठ गर्ने अनि मलाई कम्युनिष्ट होइन भन्दिएपछि जस्तो कमल थापाजी छन् नि अहिले भर्खर यहाँ केपी ओली देखेँ ल्याएको। उहाँ राजावादी कि म राजावादी ? उहाँ किन आउनुभयो ?’

उनले अहिले आफू अभियानको क्रममा रहेकाले वैकल्पिक राजनीतिक शक्ति निर्माण गरेर अघि बढ्ने बताए ।

 

Comments

2 responses to “राजावादीसँग साँठगाँठ गरेको आरोपबारे भीम रावल- मैले अपनाएको दृष्टिकोण त्यागेको छैन (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    अब के खान ओलिको नाम नि ? गलहत्याए पछि त आफ्नै गरिखानु नि । नभए दक्षिणको मालिको शरणमा जानू ।

  2. ksp pyl Avatar
    ksp pyl

    दुर्गा प्रसाईको दोश्रो रूप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *