ओलीबारे माधव नेपाल- आफूलाई ज्ञानको भण्डार ठान्छन्, चुनौती दिन खोज्नेलाई शत्रु ठानेर पत्तासाफ गर्छन् (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूभन्दा जान्ने मान्छे यो संसारमा कोही नजन्मिएको ठान्ने टिप्पणी गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीले आफूलाई ज्ञानको भण्डार ठान्ने गरेको जिकिर गरे।

उनले भने, ‘ओलीको अहंकारले एमालेभित्र समस्या खडा भयो। एक्लै निर्णय गर्न थाले, चुनौती दिने मान्छे शत्रुको कोटिमा पर्न थाले, तीनिहरुको पत्तासाफ गर्ने प्रवृत्तिको सुरुआत भयो। हामी १४ जनालाई पार्टी र संसदबाट निकाल्ने निर्णय गरें, हामीलाई सभामुख अग्नि सापकोटाले जोगाइदिए उहाँलाई धन्यवाद। नत्र हाम्रो हालत पनि अहिले त्यहाँ रोइकराई गरेर हिँड्नेहरुको जस्तै हुन्थ्यो।’

उनले अहिले आफूहरु ओलीलाई चुनौती दिनसक्ने ठाउँमा रहेको भन्दै पार्टी निर्माणमा लाग्न आग्रह गरे।

Comments

5 responses to “ओलीबारे माधव नेपाल- आफूलाई ज्ञानको भण्डार ठान्छन्, चुनौती दिन खोज्नेलाई शत्रु ठानेर पत्तासाफ गर्छन् (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    आफ्नो राजनीति गर् भाइ । खालि अरूको भजन गाउन बन्द गर् । दिमाग ओलिको नामले भरिएको छ । के के न गर्छु भनेर, ठूलो भाग खान समाजवादी खोल्या हैन ? आफ्नै पार्टी बना न । किन ओलिको नाम ?

  2. bhupendra karki Avatar
    bhupendra karki

    ओलिफोबिया!!

  3. shojhoketo Avatar

    अनि प्रचण्डका ल्याप्चे तिनै सभामुखबाट सदर हुने सुनिश्चितता गरि तपांईको ताकत पुगेको बेलामा संसदिय दलको आधिकारिक बैठक बाहिरैबाट हस्ताक्षर संकलनको भरमा संसदिय दलको नेता बाट अनि पार्टीको साधारण सदस्यबाट र सांसदको पदबाट समेत ओलिलाई हटाउने निर्णय गरेको चैं बिर्सिनु भो ? आफ्नो लागि “र”को सट्टा “वा” तथा “४०” को सट्टा “२०” गरि अध्यादेस ल्याउंदा चैं प्रजातान्त्रिक र अरुको लागि त्यस्तै अध्यादेस ल्याउंदा चैं प्रजातन्त्र बिरोधी भन्ने पनि तपांई नै होइन र ? अरुले बिर्से पनि रौतहटका जनताले सम्झेका छन ।

    1. yuvaraj adhikari Avatar
      yuvaraj adhikari

      खै यस्तालाई के भन्ने हाेला ?

  4. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    अरुले आफैंलाई धेरै जान्ने बुझ्ने सम्झिए पनि नेपालका जिवित राजनितिज्ञहरु मध्ये ज्ञानका भण्डार त ओली नै हुन् है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *