सांसद गौतमको विश्वास- सरकारले संसद छलेर ल्याएको अध्यादेश राष्ट्रपतिले अस्वीकार गर्नुहुन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले सरकार संसदलाई पन्छाउँदै अध्यादेशमार्फत शासन सत्ता सञ्चालन गर्दै निरंकुशताको अमूर्त मार्गतर्फ उन्मुख रहेको टिप्पणी गरेकी छन्।

सरकारले संसदको हिउँदे अधिवेशन आह्वान नगरेर विभिन्न कानून संशोधन गर्न अध्यादेश ल्याएपछि सांसद गौतमले असन्तुष्टि जनाएकी हुन्।

‘मुलुकको कानुन निर्माण गर्ने जननिर्वाचित सर्वोच्च संस्था संघीय संसद २०८१ भदौ ३१ गतेदेखि तालाबन्दीमा छ। मंसिरमै संसद अधिवेशन आह्वान हुनुपर्ने तर माघको चिसोले पनि सरकारको संवेदनशीलता झक्झक्याउन सकेको छैन’ उनले भनेकी छन्, ‘सरकार संसदलाई पन्छाउँदै अध्यादेशमार्फत शासन सत्ता संचालन गर्दै निरंकुशताको अमूर्त मार्गतर्फ उन्मुख छ।’

उनले राष्ट्रपति रामचन्द्र पौडेलले संसद छलेर सरकारले ल्याएका अध्यादेशलाई जारी गर्न अस्वीकार गर्ने विश्वास व्यक्त गरिन्। हिजो बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक कानुन संशोधन गर्न तीन अध्यादेश ल्याउने निर्णय गरेको थियो।

Comments

2 responses to “सांसद गौतमको विश्वास- सरकारले संसद छलेर ल्याएको अध्यादेश राष्ट्रपतिले अस्वीकार गर्नुहुन्छ”

  1. ksp pyl Avatar
    ksp pyl

    कानून पनि पढ्या भन्या सुनिन्थ्यो । नक्कली सर्टिफिकेट हो कि क्या हो ? राष्ट्रपतिलाई अध्यादेश अस्विकार गर्न पाउने अधिकार छ ?

  2. shojhoketo Avatar

    अध्यादेस ल्याउने नै संसद नचलेको बेलामा हो अर्थात संसद छलेरै हो , संसद चलेको बेलामा त अध्यादेस ल्याउनै मिल्दैन , हैन र कानुन नै पढेकि माननीयज्यू ? जनतालाई यसरि सोझै भर्मित चैं नपारेको भए हुनि …. .।

Leave a Reply

Your email address will not be published. Required fields are marked *