चीनको भूकम्पमा विप्लव नेकपाको दुःख, चिनियाँ जनताको साथमा भएको वक्तव्य

काठमाडौं । चीनमा गएको यहि पुष २३ गते गएको ६.८ रेक्टरको भूकम्पमा परेर ज्यान गुमाएकाहरुप्रति विप्लव नेकपाले दुःख व्यक्त गरेको छ ।

पार्टीको अन्तर्राष्ट्रिय विभागका सचिव खगेश्वर सीले सार्वजनिक गरेको आजको एक विज्ञप्तीमार्फत् भनिएको छ ‘भूकम्पबाट प्रभावित चीन, नेपाल, भारत, बंगलादेश र भुटानका सम्पुर्ण नागरिकप्रति नेपाल कम्युनिष्ट पार्टी दुःख व्यक्त गर्दछ ।’

विज्ञप्तीमा भनिएको छ, ‘भूकम्पको शक्तिशाली पराकम्पन, भुकम्प गएको क्षेत्रको विशेषता, चिसोको प्रतिकूलताको कारण अझ बढि जटिलता थपिन सक्ने सम्भावनाप्रति हामी चिन्तित पनि छौं । यो अन्त्यन्तै दुःखद् घडीमा हामी चिनीयाँ जनताको साथमा रहेको जानकारी गराउन चाहन्छ ।’
भूकम्पमा परि ‘ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदनाका साथै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना’ विज्ञप्तीमा गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *