प्रशासकीय अधिकृत माग्दै बालेनले लेखे सामान्य प्रशासन मन्त्रालयलाई पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ प्रमुख प्रशासकिय अधिकृत माग्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको छ ।

मेयर शाहले बुधबार नै मन्त्रालयलाई पत्र लेखेर नयाँ प्रशासकिय अधिकृत पठाइदिन आग्रह गरेका हुन् ।

उनले पत्रमा भनेका छन्,‘काठमाडौँ महानगरपालिकामा खटि आउनु भएका प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानविन भइरहेको हुँदा हाल उहाँ विदामा बस्नु भएकाले स्थानीय सरकार ऐन, २०७४ दफा ८४ बमोजिमको कामकाज गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत खटाई पठाई दिनुहुन अनुरोध छ ।’

काठमाडौं टावरको विवादमा मुछिएपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई मेयर शाहले छानविन नसकिएसम्मको लागि बिदामा बस्न भनेका छन् ।

महानगरले गोविन्द प्रसाद शर्मालाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिइएको थियो । उनले पनि राजीनामा दिएपछि मेयर शाहले अर्काे अधिकृत पठाइदिन अनुरोध गरेका हुन् ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *