रवि लामिछाने रिहा, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन् । उनलाई रिहा भएलगत्तै पुनः पक्राउ गर्ने तयारीबाट प्रहरी पछि हटेको छ ।

जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । सो धरौटी बुझाएर रवि रिहा भएको रास्वपा प्रवक्ता मनिष झाले बताए ।

उनी अदालतबाट आफ्नै गाडीमा निस्किने र अस्पताल जाने बताइएको छ ।

फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि उनलाई पार्टीको जिम्मा लगाइने प्रहरी स्रोतले बतायो ।

Comments

2 responses to “रवि लामिछाने रिहा, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने”

  1. नवीन रेग्मी Avatar
    नवीन रेग्मी

    धरौटी रकम ६५ लाख को पनि श्रोत खोल्नु पर्छ होला नी सरकार,कि फेरि ६५ लाख कहाँ बाट आयो भनेर जहाँ भेट्यो त्यही झ्याप पार्ने हो

  2. राम काफ्ले Avatar
    राम काफ्ले

    पार्टी खोलेको दुई महिना मा कांग्रेस र एमालेको ११,३०,३४४ भोट घन्टीले काटेको हुँदाको छटपटी अबको चुनावमा ४५ लाख माथि भोट काटिने हुँदा कसरी रवि लामीछाने लाई सक्ने भन्ने योजना मात्र हो। तर सफल हुँदैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *