चितवन । चितवन प्रहरीले १४ वर्षकी छोरीलाई बलात्कार गरेर गर्भवती बनाउने बाबुलाई पक्राउ गरेको छ ।
२०८० असोज १० गतेदेखि पटक पटक बलात्कार गरि गर्भवती बनाएकी १४ वर्षकी छोरीको भरतपुर अस्पतालमा फगि तीन महिनाको गर्भ पतन गराएका थिए ।
बाबुले पत्थरीको शल्यक्रिया गरेको भनेर घरमा ढाँटेपनि मावली हजुरआमासँग बालिकाले घटनाबारे भनेपछि उनैले इलाका प्रहरी कार्यालय टाँडीमा जबरजस्ती करणी अभियोगमा जाहेरी दिएकी थिइन् ।
तर, बालिकाकी आमाले पनि छोरीको न्यायको लागि सहयोग नगर्दा फरार रहेका बाबुलाई १५ महिनादेखि चितवन प्रहरीले पक्राउ गर्न सकेको थिएन ।
फरार रहेका बालिकाकी बाबुलाई जिल्ला प्रहरी कार्यालय चितवनले गत आइतबार धादिङको नीलकण्ठ नगरपालिकाबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चिवनका डिएसपी ज्ञानकुमार महतोका अनुसार लुकेर बसेको अवस्थामा बालिकाकी बाबुलाई नियन्त्रणमा लिइएको हो । उनलाई चितवन ल्याइ पाँच दिनको म्याद थप गरि अनुसन्धान थालिएको जनाइएको छ ।

Leave a Reply