ओली सरकार नांगिदै गएको प्रचण्डको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओली नेतृत्वको सरकार आफैँ नांगिँदै गएको आरोप लगाएका छन् ।

जारी केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीति परिवेशको ब्रिफिङ गर्दै उनले आफू प्रधानमन्त्री हुँदा सुरू गरेको कामलाई कांग्रेस-एमाले सरकारले पन्छाउँदै लगेको जिकिर गरे ।

प्रचण्डले भने, ‘हामीले सुरू गरेका कामहरू / सुशासनको थालनीलाई सरकारले पन्छाउँदै गइरहेको छ । सरकार र यसको काम जनताको पक्षमा छैन, जनताहरू खुसी छैन अहिलेको सरकारसँग । केपी ओली सरकार आफैँ नांगिदै गइरहेको छ ।’

प्रचण्डले एमालेले प्रतिशोध साँधेकाले शान्ति प्रक्रियाले गति लिन नसकेको पनि आरोप लगाए ।

Comments

2 responses to “ओली सरकार नांगिदै गएको प्रचण्डको आरोप”

  1. ksp pyl Avatar
    ksp pyl

    प्रचण्ड नाँगिदै गएको देख्छौं हामी त । दिल्लीको अघि ।

  2. Nepali kanxo Avatar
    Nepali kanxo

    Sarkar janmadai nangai xa. Prachanda ko chai kattu matrai baki xa. Aba 084 ma turi dekhinxa.

Leave a Reply

Your email address will not be published. Required fields are marked *