स्मार्ट च्वाइस टेक्नोलोजिज र हाम्रो पेबिच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालन सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र भुक्तानी सेवा प्रदायक संस्था हाम्रो पे (लेनदेन सेवा प्रालि)बिच ‘स्मार्ट क्यूआर’मार्फत भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता भएको छ ।

सम्झौतापश्चात हाम्रो पे प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीहरुले क्यूआरमार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्नेछन् ।

क्यूआर कोडका लागि प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड ईएमभी स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्डअन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो ।

लेनदेन सेवा प्रालिको कार्यालयमा आयोजित कार्यक्रममा एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र हाम्रो पेका प्रमुख कार्यकारी अधिकृत शिशिर पोख्रेलले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गरेका छन् ।

स्मार्ट क्यूआरमार्फत हुने कारोबारबापतको रकम मर्चेन्टको खातामा तत्कालै फर्छ्योट हुने भएकाले यस सेवाको सुरुवातपश्चात हाम्रो पेका प्रयोगकर्तालगायत मर्चेन्टहरुलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *