नेविसंघ अध्यक्षमाथि भूकम्पको राहत र जय नेपाल कपका नाममा चन्दा उठाएर खाएको आरोप

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका दुई पक्षबीचको विवाद चुलिएको छ । शेखर कोइराला पक्षधर नेविसंघको नेतृत्व गरिरहेकी प्रेमिका राना मगरले अध्यक्ष दुजाङ शेर्पामाथि भुकम्प पीडितको राहतका लागि उठाएको रकम समेत अनियमतता गरेको आरोप लगाएकी छन् ।

मगरले शुक्रवार वक्तव्य जारी गर्दै भुकम्पले भत्किएको विद्यालय बनाउने भनेर उठाइएको रकमदेखि जय नेपाल कमको नाममा भइरहेको आर्थिक लेनदेन र चन्दा असुली रोक्न नेतृत्वको ध्यानाकर्षण गराएकी छन् ।

शेर्पा संस्थापन पक्षका हुन् । उनले गरेको एकलौटीविरुद्ध शेखर पक्षधर प्रेमिकाले समानान्तर समितिमार्फत काम गरिरहेकी छन्े । प्रेमिकाले शेर्पामाथि भुकम्पले भत्किएको विद्यालय पुननिर्माणका लागि यसअघि संकलित रकमको हिसाबकिताब पारदर्शी रुपमा सार्वजनिक गर्न माग समेत गरेकी छन् ।

वक्तव्यमा नेविसंघको नेतृत्व पार्टीले दिएको कार्यभार पूरा नगरी आर्थिक लेनादेन,चन्दा संकलन र व्यक्तिगत स्वार्थमा लागेको भन्दै कारवाहीको माग समेत गरेकी छन् ।

उनले जय नेपाल कपको नाममा पैसा उठाउन आउने र धाक धम्की दिदने जो कोही व्यक्तिलाई सार्वजनिक बहिस्कार गर्न र स्थानीय प्रशासनमा उजुरी गर्न समेत आग्रह गरेकी छन् ।

प्रेमिकाले अध्यक्ष शेर्पामाथि सरकारी तथा गैरसकारी संघ संस्था,व्यवसायी र विश्वविद्यालयहरुबाट समेत अनैतिकरुपमा पैसा उठाउने काम गरिरहेको आरोप समेत लगाएकी छन् । उनले अध्यक्ष शेर्पाले पैसा उठाउने क्रममा धाक धम्क िदिने,दबाब दिनेजस्ता गतिविधि गरेकोमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएकी छन् ।

Comments

2 responses to “नेविसंघ अध्यक्षमाथि भूकम्पको राहत र जय नेपाल कपका नाममा चन्दा उठाएर खाएको आरोप”

  1. ksp pyl Avatar
    ksp pyl

    सहि कुरा निस्कियो । काँग्रेस र माओवादी भनेकै पार्टीका नाममा चन्दा उठाएर नेताले खल्तिमा हाल्ने जात हुन् । एमालेले पारदर्शी हिसावले काम गर्दा हाहाकार गर्ने दलालहरू हेर नेविसंघको कुरा । माओवादीका साँसद राजन दाहालले पार्टीका नाममा उठाएको पैसा खाएर बाँकी रहेको ४५ लाख प्रचण्डको चितवनको घर बनाउन दिएको कुरा पनि आएको छ । काँग्रेस माओवादीका साँसद भनेका यस्तै हुन् ।

    1. hom nath kandel Avatar
      hom nath kandel

      एमाले चाहि झनै ठुलो नितीगत भ्रष्टाचार गर्ने पार्टि हो! धेरै खोक्न पर्दैन सबैलाई थाहा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *