भीम रावलसहित तीन नेतालाई एमालेको कारवाहीबारे माओवादी- तानाशाही शैलीमा मुख थुनेर शासन गर्दैछ (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले एमालेमा लोकतन्त्र समाप्त भइसकेको टिप्पणी गरेको छ। स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै  प्रवक्ता अग्नि सापकाेटाले एमालेमा निरंकुशता र तानाशाहीकरण बढ्दै गएको बताए।

उनले भने, ‘एमालेमा लोकतन्त्र करिबकरिब समाप्त भएको देखियो। व्यापारीबाट दान दिएर पार्टी कार्यालय बनाउने विषयमा बोलेबापत भीम रावललाई पार्टीबाट निष्कासन नै भयो। बिन्दा पाण्डे र उषा किरण तिम्सेनालाई ६ महिना निलम्बन गरिएको छ।’

उनले एमालेमा बोल्न मुख थुनेर शासन भइरहेको बताए।

उनले थपे, ‘उहाँहरुको पनि केन्द्रीय कमिटीको बैठक बस्दैछ। बैठकअघि नै सचिवालयले निलम्बन गरेपछि बैठकमा जान पाएनन्। यो हदसम्मको निरंकुशता र यो हदसम्मको तानाशाहीकरण हर्कतले पहिलो र दोस्रो ठूलो पार्टी मिलेर बनेको सरकार त जान्छ जान्छ। तर, देश भयानक संकटको भुमरीमा पर्दैछ।’

Comments

3 responses to “भीम रावलसहित तीन नेतालाई एमालेको कारवाहीबारे माओवादी- तानाशाही शैलीमा मुख थुनेर शासन गर्दैछ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    एमालेले त अनुशासनहिनहरूलाई निस्काशन र निलम्बन गरेको हो । तिमीहरू त पार्टीको होईन प्रचण्डको विरोध गर्नेलाई सिधै मार्न जान्छौ । तिमीहरूजस्ता हत्याराहरूले पनि अरूलाई भन्न सुहाउँछ ?

  2. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    एमालेले आफ्ना कार्यकर्तालाई कारबाहि गरेकाे विषयमा कि कारबाहि भाेग्नेले बाेल्न पाउँछ कि पार्टीमा कसैले असहमति राख्न पाउँछ । अर्काे पार्टीलाई के काे खस्खस् हाेला ?

  3. PC Bhusal Avatar
    PC Bhusal

    छ्या, प्रचण्डको एकल प्राधिकार र आशिर्वादमा केन्द्रीय सदस्य, पदाधिकारी र जनवर्गीय संगठनका नेतृत्व चुन्ने र चुनिनेहरुले अर्को पार्टीको आन्तरिक मामलामा हस्तक्षेप गरेकाे कति नसुहाएकाे हाेला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *