सहकारी प्रकरणमा धनराज गुरुङ र ऋषिकेश पोखरेललाई उन्मुक्ति दिन खोजिएको माओवादीको आरोप (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले सहकारी ठगी प्रकरणमा जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङलाई उन्मुक्ति दिएकोप्रति आपत्ति जनाएको छ।

स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अन्निप्रसाद सापकोटाले सरकारले भ्रष्टाचारीहरुलाई जोगाएको आरोप लगाए।

उनले भने, ‘विपक्षीहरुलाई चाहिँ छानीछानी कारवाही गर्ने, आफ्नालाई चाहिँ जोगाउने, कांग्रेस उपसभापति धनराज गुरुङको विषय सहकारीको विषयमा सिधै देखिएको छ कारवाही नै छैन। एमालेका सांसद तथा लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पनि संरक्षण गरेको छ।

उनले सरकारले दिनप्रतिदिन अधोगतितिर गइरहेको आरोप लगाए।

Comments

One response to “सहकारी प्रकरणमा धनराज गुरुङ र ऋषिकेश पोखरेललाई उन्मुक्ति दिन खोजिएको माओवादीको आरोप (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    सुन तस्कर माओवादीका सयौं नेतालाई प्रचण्डले उन्मुक्ति दिएको चाहिँ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *