काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो।
बैठकले आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । बैठक शनिबारसम्म चल्नेछ।
बैठकमा पार्टीको पछिल्ला समामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषयमा छलफल हुनेछ।
आफू नेतृत्वको सरकार ढलेर प्रतिपक्षमा पुगेको पाँच महिनापछि प्रचण्डले सिंगो केन्द्रीय कमिटीको बैठक फेस गर्दैछन् । केन्द्रीय कमिटीको बैठकअघि प्रचण्डले सबै प्रदेशस्तरीय परामर्श बैठक गरेका थिए ।
आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी, पदाधिकारीसहित अन्य कमिटी पनि विधान अनुसार सानो बनाउनुपर्नेमा नेताहरूको जोड छ ।
आजको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पेरिसडाँडा पुगेका छन् ।

यसअघि पदाधिकारी बैठकमा सहभागी हुँदै आएका पुन आज स्थायी कमिटीको बैठकमा पनि सहभागी हुँदैछन् ।
पुनलाई उपाध्यक्ष बनाएर माओवादीमा सक्रिय गराउने प्रचण्डको तयारी छ । आइतबारबाट बस्ने केन्द्रीय कमिटीको बैठकले पुनलाई जिम्मेवारी दिने तयारी गरेको छ ।


Leave a Reply