टंक तिमिल्सिनाको ‘मन-माया’मा आश्मा विश्वकर्माको हट नृत्य, युट्युबको ट्रेन्डिङ ५ मा (भिडियो)

काठमाडौं । गायक टंक तिमिल्सिनाको नयाँ गीत ‘मन-माया’ युट्युबको ट्रेन्डिङ नम्बर ५ मा प्रवेश गरेको छ । तिमिल्सिनाको आफ्नै स्वर रहेको उक्त गीतमा चर्चित लोक गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।

पुस्कर खत्रीले म्युजिक एरेन्ज गरेको गीतमा शब्द र संगीत गायक तिमिल्सिनाकै रहेको छ । गीतमा गायक तिमिल्सिनासँगै चर्चित मोडल आश्मा विश्वकर्मा, दीपक ढकाल र हेमराज अधिकारी (खण्टे खलास)को नृत्य तथा अभिनय रहेको छ ।

विक्रम चौहानको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा सुनिता लाम्गाडको आकर्षक ¥याप रहेको छ । पछिल्लो समय युवाले एकदमै रुचाएकी मोडल आश्मा विश्वकर्माको हट नृत्य तथा अभिनय हेर्न सकिन्छ ।

यसअघिका गीत संगीतभन्दा केही फरक र नयाँपन ल्याएका कारण धेरै स्रोता तथा दर्शकले म्यूजिक भिडियो मन पराएको प्रतिक्रिया पाएको गायक तिमिल्सिनाले बताए । गायक तिमिल्सिनाको युट्युब च्यानलबाट सार्वजनिक भएको गीत पाँचौं दिनमा ७ लाख पटक हेरिसकिएको छ ।

गायक तिमिल्सिनाले यसअघि गाएका गीत मेरी चम्मा, मुगु रारा तालैमा युट्युबको ट्रेन्डिङ नम्बर १ मा पुगेका थिए । तिमिल्सिनाले अहिलेसम्म लोक, आधुनिक र देउडासहित करिब ४०० गीत बजारमा ल्याइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *