शेरा दरबारको जग्गाबारे प्रचण्ड- भ्रष्टाचारीले कुरुप बनेको आफ्नो अनुहार ढाक्न झूटा प्रचार गर्दैछन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको शेरा दरबार जग्गा प्रकरणमा आफ्नो नाम जोडेकोप्रति आपत्ति जनाएका छन् ।

झापामा आयोजित माओवादीको खबरदारीसभालाई सम्बोधन गर्दै उनले सो जग्गा प्रकरणमा आफ्नो नाम जोड्नु भनेको बेइमानीपूर्ण कुरामात्रै भएको बताए ।

उनले भने, ‘अहिले अनौठो प्रचार भइरहेको छ । १२-१५ वर्षअघि पार्टी छाडिसकेको व्यक्तिको जग्गाको विषयलाई ल्याएर माओवादीसँग बसेको मान्छेको जग्गा रहेछ यो भनेर नुवाकोटको शेरा दरबारको कुरा ल्याइएको छ । योभन्दा लाजमर्दो र बेइमानीपूर्ण कुरा केही हुनै सक्दैन ।’

प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानको क्रममा आफ्नै पार्टीका नेताहरु देखिए पनि छुट दिने पक्षमा आफू नरहेको र नदिएको पनि दाबी गरे ।

उनले भने, ‘मैले सीआईबी र अनुसन्धान टोलीलाई अनुसन्धान गर्दै जाँदा प्रचण्ड नै आए पनि नछाड्नुस् भनेको थिएँ । त्यस्तो भन्ने पहिलो प्रधानमन्त्री म नै हो, तर यी भ्रष्टहरु आफ्नो भ्रष्टाचारीले कुरुप बनेको अनुहार ढाकछोप गर्न झुटा प्रचारको गर्दैछन् । म सरकारलाई चुनौती दिन्छु, शेरा दरबारको जग्गा सरकारको हो भने तुरुन्तै सरकारको नाममा ल्याउँ, मेरो पूरै साथ हुन्छ, तर झूटो प्रचार गरेर बेइमानी नगर ।’

Comments

2 responses to “शेरा दरबारको जग्गाबारे प्रचण्ड- भ्रष्टाचारीले कुरुप बनेको आफ्नो अनुहार ढाक्न झूटा प्रचार गर्दैछन्”

  1. नविन Avatar
    नविन

    आफ्नो गल्ती देखिएपछि भन्ने यही नै हो। प्रचण्ड जत्तिको ठुलो भ्रष्टाचारी नेपालमा अरु छैनन्!!

  2. ksp pyl Avatar
    ksp pyl

    जग्गा हत्याएको मात्र होईन त्यो जग्गामा प्रचण्डको पनि हिस्सा हुनुपर्छ । छानबिन गरेर खोरमा हाल सरकारी जग्गा खानेलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *