काठमाडौं । कवाडी व्यवसाय धरापमा पारेको भन्दै कवाडी व्यापारीहरुले काठमाडौंमा प्रदर्शन गरेको छ।
कवाड व्यवसायी सघर्ष समितिले आज प्रज्ञा प्रतिष्ठानबाट र्याली निकालेर काठमाडाैं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका हुन् ।
पछिल्लो समय काठमाडौं महानगरपालिकाले कवाडी व्यवसायीहरुलाई बस्तीको बीचमा जोखिम बढेको भन्दै हटाउन थालेको छ । कवाड व्यवसायमाथि ज्याजदी गरेको भन्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन् । उनीहरुले नव राजाहरुको आतंक बन्द गर, कवाड व्यवसायीहरुको रक्षा गर भन्दै नारा लगाएका थिए ।
प्रज्ञा प्रतिष्ठानबाट महानगरविरुद्ध याली निकालेर प्रर्दशनीमार्ग हुँदै प्रज्ञा प्रतिष्ठानमा कोणसभा गर्ने जनाएको छ । काठमाडौं महानगरपालिकाले रिङरोड भित्रबाट कबाड हटाउने निर्णय गरेयता कबाड व्यवसायीले विरोध जनाउँदै आइरहेको छ ।
महानगरले कवाड संकलन केन्द्रमा जोखिम बढेको भन्दै डोजर चलाउँदै आइरहेको छ ।


Leave a Reply