ओलीलाई घनश्याम भुसालको सुझाव- एमालेमा उकुसमुकुस बढिसक्यो, तपाईंले नेतृत्व छाड्दा राम्रो हुन्छ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका घनश्याम भुसालले एमालेभित्र उकुसमुकुस बढ्दै गएको दाबी गरेका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अब पार्टी नेतृत्वबाट बिदा हुन सुझाव दिए।

उनले भने, ‘भीम रावल त्यहाबाट निकालुनभयो। त्यो अवस्था छँदैथियो, मैले धेरै अगाडिदेखि भन्दै आएको थिए प्रश्न उठाएपछि एमालेभित्र त्यसलाई व्यक्तिगत प्रतिशोधको रुपमा पनि लिइयो। ओलीका नजरमा दुई खालका मान्छे छन्, एकखालका मान्छे उहाँका शत्रु हुन्, अर्का खालका मान्छे उहाँका चाकर हुन्, अझै भन्नुपर्दा जसले उहाँको चाकरी गर्दैन त्यो शत्रु हो। शत्रु होइन भने त्यसले चाकरी गर्छ, यद्यपी भीम रावलले चाकरी गरेनन्। फेरि त्यहाँ बस्ने सबैले चाकरी गर्छन् भन्न पनि होइन।’

उनले एमाले आफूहरुले लडेर बनाएको पार्टी भएको पनि बताए। उनले थपे, ‘त्यहाँ अहिले उकुसमुकसमा छन् भनेका कसैले छैनन्। त्यसैले ती साथीहरु अहिले यो जुन घटना घट्दैछ। त्यसो बढ्दैजानेछ। कमरेड ओलीको प्रयोग असफल भइसकेको छ। उहाँको प्रयोग निर्वाचन, पार्टी सञ्चालनदेखि अन्तराष्ट्रिय सम्बन्धमा पनि असफल भइसकेको छ। त्यसैले उहाँले छाड्नु हाम्रो लोकतन्त्र र उहाँको लागि पनि राम्रो कुरा हो।’

उनले आफूहरु वामपन्थी एकताको पक्षमा रहेको भन्दै अब भागबण्डाको आधारमा हुने एकतालाई अस्वीकार गर्ने बताए।

Comments

2 responses to “ओलीलाई घनश्याम भुसालको सुझाव- एमालेमा उकुसमुकुस बढिसक्यो, तपाईंले नेतृत्व छाड्दा राम्रो हुन्छ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    आफ्नो पार्टीको कुरा गर्न यार । माधव झलनाथलाई पार्टी छोड भन्न न । हिम्मत छ ? यस्ता नालायकले अर्काको पार्टीको नेतालाई छोड, बस भन्ने के अधिकार ? एमालेका नेता कार्यकर्ताको कार्यक्षेत्रमा एसको भगौडे भुसाललाई के चासो ? तिमीहरू त संगिन घडीमा पार्टीलाई धोका दिने अपराधी हौ । तिमीहरू जहाँ जुन पार्टीमा गए पनि त्यो पार्टी नास नै हुने हो । एमाले कमजोर बनाउन विदेशीको दलाली गर्ने तिमीहरू जस्ता गद्दार विना नै एमाले अघि बढछ , जनताको साथले । एसलाई अघि बढाएर देखा हिम्मत छ भने।कोठामा बसेर, दुईचारजना दलाल पत्रकारको अघि ओलिलाई गाली गर्दैमा समाचार बन्छ भनेर भुक्दै नहिड । अब त आफ्नो नीति कार्यक्रमले जनता आफ्नो पक्षमा पो पार्ने हो । त्यतातिर ध्यान छैन । हुन त त्यसो गर्न तिमीहरूले एस खोलेकै होईन । विदेशीको निर्देशनमा एमालेलाई अझ कमजोर बनाउन एमालेका मान्छे तान्न सकिन्छ कि भनेर एस नामको ढोक्सा थापेका हौ । तिमीहरू देश बनाउने होईनौ स्वाभिमान नभएका देश बेचुवाहरू हौ ।

  2. bharat kumar thapa Avatar

    तपाईंलाई २०४२ सालमा त्रिचन्द्र क्याम्पस देखि देखेको र २०५२ / ०५४ लगायत घटनाबाट बुझेको हो तपाईको माक्र्सवाद टिकट हो अरूलाई खुइल्याउने आफु काम नगर्ने जनता प्रति जवाफदेही नहुने सुख सुविधामा लिप्त हुने तपाईंले एमालेको गफ गर्न सुहाउँदैन तपाईंको नक्चरो विचार के काम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *