भीम रावललाई घनश्याम भुसालको आह्वान- एकीकृत समाजवादीमा आउनुस्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेबाट निष्कासित भएका नेता भीम रावलले आफ्नो पार्टीमा आउन आग्रह गरेका छन्।

काठमाडौंमा आयोजित एक अन्तक्रियामा बोल्दै नेता रावललाई आफ्नो पार्टीमा आउन आह्वान गर्नु स्वभाविक भएको बताए।

उनले भने, ‘अब भीम रावलले के गर्नुहुन्छ म अहिले भन्न सक्दिनँ। एमाले छाडेपछि मैले पनि के गर्ने भनेर सोचेको थिएँ। नेपालले पार्टी नभएर दुख पाएको हो कि राम्रो पार्टी नभएर दुख पाएकोरु भन्दा हामीले राम्रो पार्टी नभएर दुख पाएका हौं। त्यसैले उहाँले कहाँ गएर काम गर्न सकिन्छ भन्ने सोच्नुभयो भने राम्रो हुन्छ। म उहाँलाई हाम्रो पार्टीमा आउन आह्वान पनि गर्छु।

उनले आफ्नो पार्टीमा नआउने भए अर्को कुनै जसले राम्रो गर्नसक्छ भन्ने सम्भावना भएको पार्टीमा लाग्न सुझाव दिए। तर, एमालेबाट निकालिएपछि नेता रावलले आफ्नो नेतृत्वको पार्टी खोल्ने तयारी गरिरहेको चर्चा छ।

Comments

One response to “भीम रावललाई घनश्याम भुसालको आह्वान- एकीकृत समाजवादीमा आउनुस्”

  1. ksp pyl Avatar
    ksp pyl

    मेरो त सुझाव छ गईहाल । तिमीहरूको विचार, स्वभाव सबै मिल्छ । विचार विदेशीको दलाली गरेर देश कमजोर बनाउने र स्वभाव आफैलाई मात्र पद चाहिने, अरूका कुरै नसुन्ने, अरूले पद पाएमा रूंदै हिडने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *