कांग्रेसलाई एक्लै चुनाव लड्नसक्ने बनाउनुपर्छ, निर्धारित समय महाधिवेशन नभए अफ्ठ्यारो पर्छ: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई आगामी निर्वाचनमा एक्लै चुनाव लड्नसक्ने बनाउन आफूलाई साथ दिन नेता कार्यकर्तालाई आग्रह गरेका छन्। धनुषा पुगेका नेता कोइरालाले नेता कार्यकर्ताहरुसँग कुरा गर्दै कांग्रेस अहिले कता कता अलमलिरहेको बताए।

उनले भने, ‘अहिले अलमलमा रहेको कांग्रेसलाई हामीले सबै मिलेर सुधारेर अघि बढ्नुपर्नेछ। धनुषा कांग्रेसको गढ भएपनि हामी अहिले अलमलमा परेका छौं। हामी आफ्नै कारणले हो। त्यसैले हामीले कांग्रेसलाई पुरानै अवस्थामा फर्किन्छ। मलाई साथ दिनुहुन्छ भन्ने विश्वास छ। १५ औं महाधिवेशन समयमै हुनुपर्छ भन्ने हामी सबैको मान्यता छ। तर पदाधिकारीहरुले कोशिस गरेपनि कसरी जान्छ हेरौं। अलिकति लम्बियो भने त केही फरक पर्दैन। तर, धेरै लम्बियो भने अफ्ठ्यारो पर्छ।’

उनले कांग्रेसले आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने भन्दै एक्लै लड्नसक्ने संगठन बनाउन लाग्न नेता कार्यकर्तालाई आग्रह पनि गरे।

 

Comments

One response to “कांग्रेसलाई एक्लै चुनाव लड्नसक्ने बनाउनुपर्छ, निर्धारित समय महाधिवेशन नभए अफ्ठ्यारो पर्छ: शेखर कोइराला”

  1. ksp pyl Avatar
    ksp pyl

    केन्द्रको गठबन्धन विरूद्व कोशीमा सरकार बनाउने बेईमान काम गर्ने नै शेखर हुन् । यस्तो अनुशासनहिन मान्छेले पार्टी चलाउँछ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *