बागमती प्रदेश सिटिइभिटीको प्रमुख कार्यकारी निर्देशकमा नुवाकोटकी लामा नियुक्त

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सिटीइभिटी) बागमती प्रदेशको प्रमुख कार्यकारी निर्देशकमा नुवाकोट स्थायी ठेगाना भएकी शान्ति लामालाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका–४ की लामालाई प्रदेश सिटीइभिटीको कार्यकारी निर्देशक नियुक्त गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले बताए ।

बागमती प्रदेश सरकारले दरखास्त आव्हान गरी परीक्षा तथा अन्तरवार्ता समेत सम्पन्न गरेर नुवाकोटकी लामालाई प्रमुख कार्यकारी निर्देशकमा चयन गरेको हो ।

सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरेको संयोजकत्वमा रहेको प्रमुख कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले लामा सहित तीन जनालाई प्रमुख कार्यकारी निर्देशकको लागि सिफारिस गरेकोमा सरकारले लामालाई नियुक्त गरेको हो ।

समितिलेले लामा सहित भक्तपुर जिल्लाको मध्यपुरठिमी नगरपालिका–९ का बद्री प्रसाद दाहाल र चितवन जिल्लाको भरतपुर–१० का ईश्वरचन्द्र पौड्यालको नाम सिफारिस गरेको थियो ।

लामा २०७४ को स्थानीय तह निर्वाचनमा म्यागङ गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित जनप्रतिनिधि समेत हुन भने हाल कांग्रेस नुवाकोटकी महाधिवेशन प्रतिनिधि समेत हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *