चार दिनमै बिक्री भयो गरिमा समृद्धि योजना

काठमाडौं । गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’को चार दिनमै बिक्री भएको छ । एक अर्ब बराबरको यो योजना निष्काशन तथा बिक्री खुलाएको चार दिनमा बिक्री भएको हो ।

प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईका अनुसार गरिमा समृद्धि योजनाको बीज पूँजीसहित प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको १० करोड इकाईहरू यही पुस ११ गतेसम्मका लागि सार्वजनिक निष्काशन खुल्ला गरिएको थियो ।

उक्त अवधिभर रितपूर्वक मागभन्दा बढी रकमको लागि आवेदन पर्न आएकाले सार्वजनिक निष्काशन तथा बिक्री कार्य बन्द गरिएको समेत उनले जानकारी दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *