सरकारको निष्कर्ष- लिपुलेकबारे भारत र चीनबीचको सहमतिले नेपाललाई कुनै प्रभाव पार्दैन

काठमाडौं । सरकारले भारत र चीनले नेपाली भूभाग लिपुलेकलाई तीर्थ यात्रु आवतजावतको केन्द्र बनाउने सहमति गरेकोप्रति कुनै आपत्ति जनाउनुपर्ने अवस्था नरहेको बताएको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारत र चीनबीच भएको सहमति नेपाललाई कुनै प्रभाव नपार्ने निष्कर्ष निकालेको बताए।

उनले भने, ‘भारत र चीनबीचको सहमतिले हाम्रो नक्सा प्रभाव पार्ने ढंगले गरेको होइन। त्यो उहाँहरुकै टेक्नीकल कुरा हो। त्यसबारे क्याबिनेटमा पनि लामो छलफल भयो। तर, निष्कर्ष चाहिँ हामीले चिन्ता लिनुपर्ने ढंगले सम्झौता भएको होइन।’

Comments

One response to “सरकारको निष्कर्ष- लिपुलेकबारे भारत र चीनबीचको सहमतिले नेपाललाई कुनै प्रभाव पार्दैन”

  1. Raj Avatar
    Raj

    हाम्रो भुमीको बिषयमा भारतले चीन संग कुरा गर्छ, हामीलाई नसोधी। तैपनि सरकार केहि फरक पर्दैन भन्छ। अझै पनि ओलीले भारतले भ्रमणको निम्ता दिन्छ कि भन्ने आशमा यो बिषयलाई सामसुम पार्न चाहेको जस्तो देखियो। चीनले चाहेको भए यो बिषयमा त्रि-पक्षीय कुरा हुन सक्थ्यो। चीन पनि भारत संग सम्बन्ध सुधार्न चाहन्छ । एउटा बलियो कुटनितिको अभाबमा नेपाल दुबै छिमेकी मुलुकको अगाडी निरिह बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *