काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र कांग्रेसले संसदमा विचाराधिन विधेयकहरुलाई आगामी अधिवेशनबाट पारित गर्नेगरी विपक्षी दलसँग छलफल गर्ने निर्णय गरेको छ।
विचाराधिन विधेयकबारे समन्वय गर्न गठित कार्यदलको पहिलो बैठकको निर्णय विपक्षी दलका प्रमुख सचेतकहरुसँग कुरा गर्नको लागि एमालेका मुख्य सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई जिम्मेवारी दिएको कांग्रेस सांसद जीवन परियारले बताए।
बैठकले प्रतिनिधि सभाको समितिमा रहेका विधेयकहरुको अवस्थाबारे समितिमा भएका आफ्ना दलका सांसदहरुसँग यही १७ गतेभित्र अवस्थाबारे छलफल गर्ने निर्णय पनि गरेको बताए।

Leave a Reply