सर्वोच्च अदालत र प्रधानमन्त्रीलाई विप्लवको प्रश्न- जनयुद्ध नभए के हो त ? (भिडिओ)

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी जनयुद्ध सुन्नै नचाहनेहरुले अहिले संसददेखि न्यायलयसम्म खिसिट्यूरी गरिरहेकोप्रति आपत्ति जनाएका छन्।

माओ दिवसको अवसरमा काठमाडौं आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सर्वोच्च अदालतले सरकारी कामकाजमा जनयुद्ध शब्द नलेख्न भन्दै दिएको आदेशप्रति आपत्ति जनाए।

उनले भने, ‘माओवादी जनयुद्धलाई सुन्नै नचाहने वा त्यसलाई खिसीट्यूरी गर्ने काम संसद् पनि चलिरहेको छ। त्यो कुरा अन्यत्र पनि चलिरहेको छ र विभिन्न क्षेत्रबाट न्यायलयमा पनि पुगेको छ । अस्तिमात्रै जनयुद्ध नभन्नु भनेर प्रतिबन्ध लगाएको कुरा पनि हामीले सुन्यौं। जनयुद्ध नभएर के हो त यो ? अरु त ठीक छ, तर सपना मल्ल प्रधानलाई एउटा कुरा सोध्न मन लागेको छ्। सपना मल्लको हात काक्यो कि कामेन ? जनयुद्ध होइन भनेर भन्दा त्यहाँ कसले पुर्यायो ?’

उनले न्यायलयले के लेख्न खोजेको ? भन्दै असन्तुष्टि जनाए। उनले गायक प्रकाश सपुतको गीत स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जनयुद्धलाई अपमान नगर्न चेतावनी दिए।

उनले थपे, ‘प्रकाश सपुतले लेखेको गीतको याद आउँछ रातो स्कुटर कसले किन्दियो ? भनेजस्तै केपीजीलाई सोध्नुपर्ने भएको छ केपीजी तपाईँलाई ताज कसले पहिराइदियो, तपाईलाई कुर्सी कसले पहिराइदियो ? तपाईँलाई राज कसले ल्याइदियो ?’

उनले जनयुद्धको उपलब्धिलाई स्वीकार्न नसक्ने भए सबै ताज फुकालेर आफूहरुलाई हस्तान्तरण गर्न चुनौती दिए। उनले माओवादी सँग एकताको लागि ८ महिनाअघि प्रस्ताव गरेको भन्दै सुव्यवस्थित छलफल अहिलेकोप्रति असन्तुष्ट सुनिए। एकताबारे विस्तारै प्रक्रिया अघि बढ्ने देखेर समाजवादी मोर्चा बनाएर अघि बढेको बताए।

Comments

One response to “सर्वोच्च अदालत र प्रधानमन्त्रीलाई विप्लवको प्रश्न- जनयुद्ध नभए के हो त ? (भिडिओ)”

  1. Nagendra Avatar
    Nagendra

    साच्चै यसमा भ्रम छ : के थियो त्यो चीनको जस्तै जनयुद्द या अर्कै ?! प्रकृति हेरम न :
    १. चीनको माओ-क्रान्ति संग नजिक देखिन नाम ‘माओबादी’ राखियो : के माओको जस्तै थियो त क्रान्ति ? : डर धम्कि, लुटपाट, निहत्था हत्या ??
    २. चीनको नजिक हुन नाम राख्ने, भारत बिरुद्द सुरुङ्ग युद्द गर्ने : नेपाली लडाकु युवा सुर्र्याउने, लडाउने. मराउने अनि भारतमा बसेर युद्द हाक्ने, त्येतैको तालिम लिने, त्येत्तैको गोला बारुद बन्दुक अनि खजना : भित्र भित्र भारत बिरुद्द भोलिको दिनमा कुनै पनि काम नगर्ने बचनमा सहि गर्ने : पछि त्येही अनुसार कम्फ़र्टेबल हुने : के माओ को क्रान्तिमा त्येस्तै भएको थियो ??
    ३. जुन सक्ति संग बिरोधी भएर लड्ने हो भित्र भित्र उहीसंग साँठ गांठ !! ज्ञानेन्द्र संगको हिम चिम, कांग्रेश संगको गठबन्दन !!
    ४. त्यो जनयुद्द हैन : प्रचण्डपथ थियो : कुनै बिचारको हैन आपराधिक माइन्डबाट संचालित : प्रचण्डको भाषामा सम्भावनाको खेल : दुक्खको कुरा, धेरै परिवर्तनको चाहना राख्ने, बिद्रोही स्वभावका लडाकु नेपाली युवा त्यो खेलमा सामेल भए भुलेर : तिमी पनि त्येशको सिकार भएउ विप्लब !! त्यो सकियो अनि सबै सकिए सम्बन्धहरु !! वास्तवमा चतुर, चंखे प्रचण्डले ती इमान्दारहरुको इमान्दार बहादुरिताको क्याश गरे : प्रचण्ड पथ चलाए : आज पनि घरी घरी बिउझे जस्तो, देख्छन सपना भुल भुलैयाको त्यान्द्रो सब्द ‘जनयुद्द’ अनि जनयुद्दका योद्दा साथि, उफ्फ़ !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *